सङ्घीय ऐनकाे प्राथमिकता ताेकेर छिटाे भन्दा छिटाे ल्याउँछाैँ : उपप्रधानमन्त्री खड्का

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ वैशाख । उपप्रधान, रक्षा एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐनहरूको प्राथमिकता तोकेर छिटो भन्दा छिटो ल्याउने बताउनुभएको छ ।

आज  मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै उहाँले ऐनहरूकाे प्राथमिकता तोकेर अगाडि बढाउने बताउनुभएको हो । मन्त्री खड्काले कतिपय सङ्घीय ऐनहरू संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका उल्लेख गर्दै ती सबै ऐनहरूको प्राथमिकता तोकेर काम अगाडि बढाइने बताउनुभयाे ।

मन्त्री खड्काले कानुनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित ढङ्गले गर्ने बताउनुभयो । ऐनहरू निर्माण गरेर नागरिकका अधिकारहरूको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप आनौपचारिक छलफलको आवश्यकता परेकाले आज बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्