काठमाण्डौँ । कैलाली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृत्रिका अन्य गर्नुपर्ने बताउनुभएकाे छ ।
आज प्रतिनिधिसभाकाे बैठकमा सांसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएकाे हाे । उहाले झोले कृषकहरुले गर्दा बास्तविक कृषकहरु मर्कामा परेको उनले स्पष्ट पार्नुभयाे ।
सरकारी नियमले गर्दा नै बिकासको काम रोकिनु दुखद भएको बताउँदै उहाले तत्काल यस समस्या समाधान गरी काम सुरु गराउन पहल गर्न वन मन्त्राल, डिभिजन वन कार्यालय र सरकारको ध्यानाकर्षण गराउनुभएकाे थियाे ।











