क्यालिफोर्नियाको गोलाबारीमा संलग्न रहेको आरोपमा भारतीय मुलका शिखहरु पक्राउ

खबर बुक
  • ख-
  • ख+

वासिङ्ट, ५ बैशाख । अमेरिकाको क्यालिफोर्निया प्रहरीले स्टकटन र साक्रामेन्टोका गुरुद्वार र अन्य ठाउँमा गोली हानाहानका घटनामा संलग्न भएको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुवाट एके–४७ राइफल, पेस्तोल र मेसिन गन जस्ता हतियार बरामद गरेको छ। २० भन्दा बढी स्थानमा छापा मार्दा यी पक्राउ परेका हुन् ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाका अनुसार सोमबार उत्तरी क्यालिफोर्नियाका २० स्थानमा व्यापक खोजी वारेन्ट अपरेसनका क्रममा १७ जनालाई पक्राउ गरिएको बताए। पक्राउ परेका अधिकांश स्थानीय सिख समुदायका सदस्य हुन् ।

पक्राउ परेका दुई जना माफियाका सदस्य रहेको जिल्ला अधिवक्ता जेनिफर डुप्रे पत्रकार सम्मेलनमा बताए। ती पुरुषहरू भारतमा हत्याका धेरै मुद्दामा वान्टेड छन्। क्यालिफोर्नियाका महान्यायाधिवक्ताले भने कि गिरफ्तार गरिएका व्यक्तिहरू प्रतिद्वन्द्वी आपराधिक गिरोहका हिस्सा हुन् र धेरै हिंसात्मक घटना र गोलीबारीमा संलग्न छन्।

सटर, स्याक्रामेन्टो, सान जोक्विन, सोलानो, योलो र मर्सिड काउन्टीमा हत्या प्रयासका पाँचवटा घटनामा संलग्न रहेको आरोप छ। यी समूहका सदस्यहरू अगस्ट २७, २०२२ मा स्टकटनको गुरुद्वारामा र २३ मार्च २०२३ मा साक्रामेन्टोमा भएको गोलीबारीमा संलग्न रहेको आरोप छ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्