नेप्से २३.६४ अंकले घट्यो , कारोबार रकम ९२ करोडमा झर्‍यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ वैशाख ।  हिजो आइतवार सामान्य घटेको शेयर बजार आज साेमवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ६३ अङ्कले घटेर एक हजार नाै सय आठ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ६७ वटा कम्पनीका ३१ लाख ४४ हजार कित्ता शेयर ९२ करोड ७८ हजार रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै उन्नति लघुवित्त, उपकार लघुवित्त र कालिका लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आज आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्