वरिष्ठ गायक इन्द्रजित मिजारले ल्याए ‘घाम छायाँ’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ वैशाख । वरिष्ठ गायक इन्द्रजित मिजार पुनः आफ्ना दर्शक र स्रोतामाझ आएका छन् ।

उनी नयाँ सांगीतिक कोशेलीसहित आफ्ना दर्शक र स्रोतामाझ आएका हुन् । उनले नयाँ कोशेलीको रुपमा ‘घाम छायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

उक्त गीतमा गायक इन्द्रजित रिजालको स्वर रहेको छ भने कृष रिजालको शब्द र संगीत छ । जसमा एजाज अलीको एरेन्ज रहेको छ । एक समय नेपाली फिल्मको पार्श्व गायनका चर्चित गायक मिजारका ‘टुनाको धुनमा डाँडा पारी जुनमा’ जस्ता कयौँ गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएका छन् ।

कयौँ फिल्मका गीत गायका मिजारको ‘के भन्ने हाम्रो समय अब यो बाटो मेरै हो कि, पिरतीको मिठो तिर्सना’ लगायतका गीत चर्चित छन् । भिडियाे लिंक : https://youtu.be/aFdHnXLSmHI

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्