नेपालले ओमानसँग अभ्यास खेल खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ वैशाख । नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो ।

शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन ।

आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्