युभेन्ट्ससँग स्पोर्टिङ सिपी पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १ वैशाख । युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई पराजित गरेको छ ।

एलिएन्ज स्टेडियम टुरिनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सले  सिपीलाई १–० ले पराजित गरेको हो ।युभेन्ट्सको जितमा दोस्रो हाफमा फेडरिको गाट्टीले गरेको गोल गरेका थिए, जुन निर्णायक बन्यो ।

यो जितसँगै युभेन्ट्सले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । स्पोर्टिङलाई सेमिफाइनलमा पुग्न कम्तीमा २–० को जित आवश्यक छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्