विदेशी विनिमय सच्चिति १५.२० प्रतिशतले बढ्यो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २८ चैत । विदेशी विनियम सञ्चिति १५.२० प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्तिम असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्ममा १५.२० प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

जसअनुसार फागुनसम्म विदेशी विनियम सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्