एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ चैत । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष अर्थात २०७७–७८ मा भने ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्