प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ चैत । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँडन बाध्य भएको छ । साे खेल २–२ को बराबरीमा सकिएको थियो । आइतबार राति एनफिल्डमा  भएको खेलको ८ औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफको २८औं मिनेटमा गाब्रिएल जेससले अर्को गोल थपे पछि आर्सनल २–० को अग्रता कायम गर्न सफल भयो ।

तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । र, ४२औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २–१ को स्थितिमा फर्काए । दोस्रो हाफको ५४औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले आर्सनलसँग बराबरी हुने मौका गुमायो । तर, निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात ७८ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट मात्रै जाेगाएनन,, खेल नै बराबरीमा राखिदिए ।

यस खेलवाट आर्सनलको ३० खेलबाट ७३ अंकसहित अग्रस्थानमा छ भने लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा सिमित रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्