सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओ सूचीकृत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ चैत । नेपाल स्टक एक्सचेन्जमा सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । ‘टीएएमओआर’ संकेतबाट सूचीकृत भएको हो ।

सानिमा मिडलको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज अर्थात् पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।

सूचीकृत पश्चात कम्पनीको सेयर कारोबार सोमबार (चैत २७ गते) देखि खुला हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्