आइसिसी ओडिआई बरियतामा नेपाल १४ औं स्थानमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ चैत । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आइसिसी) को नयाँ ओडिआई वरियतामा फेरी एक स्थान माथी उक्लिएको छ ।

आइसिसीले बुधबार साँझ सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको हो ।

पछिल्लो समयमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा जीत हासिल गर्दै खेल सुधार गरे पछि १५ औं स्थानवाट एक स्थान माथी उक्लिदै १४ स्थानको बरियता कायम गर्न सफल भएकाे हाे । नेपाल भन्दा अघि वरियतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै परेको छ ।

नेपाल भन्दा अघि जिम्बावे १३ औं, स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छन भने नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा रहेका छन् । नेदरल्याण्ड दुई स्थान तल झरेर १६ औं स्थानमा पुग्दा नेपाल एक स्थान माथी उक्लिएको हो ।

बरियतामा अष्टेलिया शीर्ष स्थानमा रहेको छ भने  न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्