सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब शीर्ष स्थानमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र २१ । सातदोबाटो युथ क्लबलाइ पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो । जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे । सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औं मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेल २–० ले अघि रह्यो । त्यसपछि खेलको ७५ औं मिनेटमा जावलाखेलका दीपकले एक गोल फर्काएपनि जावलाखेल २–१ ले विजयी भयो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ । सातदोबाटो ६ खेलमा १२ अंक जाडेको छ ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २–२ गोलको बराबरी खेलेका हुन् । खेलको २० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो । ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए । तर, खेलको ७१ औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ । चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्