सानै उमेरमा शब्द लेख्दै मिठो संगित भर्ने रोहित बिष्ट

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाली गीत संगीतमा भबिस्य खोज्ने तथा कलाकारितामा रम्ने धेरैको सपना हुन्छ तर पनि कलाकारिता गर्न त्यती सजिलो भने पक्कै छैन । यो क्षेत्रमा हात हालेर कोहि सफल हुन्छन् त कोहि बिचैमा छोडेर हिडने हुन्छन् । यस्तै क्रममा गीतका शब्दमा भबिस्य खोज्दै संगीत क्षेत्रमा सफलताको बाटोमा अगाडी बढिरहेको एक नाम हो बैतडी पुर्चौडीका बर्ष २१ का रोहित बिष्ट ।

नेपाली गीतमा मिठो शब्द कोर्ने तथा संगीत भर्ने रोहित अहिले नेपाल कमर्स क्याम्पस , मीन भवन काठमाडौँमा ब्याचलर अध्यनरत छन् । उनले लेखेका मनकी रानी र ओई साइली बोलका गीत बजारमा आइसकेका छन् भने उक्त गीतले राम्रो चर्चा समेत बटुलेका छन् । त्यही गीतको चर्चाले उनलाई लेखनमा सक्रिय हुन थप प्रेरित गर्‍यो । उनी गीत लेखनमा मात्र नभएर म्युजिक भिडियो अभिनयमा पनि पोख्त छन् । मनकी रानी,ओइ साइली, चुम्मा खाइ देउन,सम्झना बाडुल्की जस्ता दर्जनौ गीतमा गीतकार रोहितको अभिनय देख्न सकिन्छ ।

बुवा दमन बहादुर बिष्ट तथा आमा जयमती बिष्टका जेठो सन्तान रोहित यो छेत्रमा आउनुमा आमाको प्रेरणा भएपनि सुरुका दिनमा बुवाले त्यति महत्व नदिएको गुनासो पोख्छन तर जब मैले सुदूरपश्चिम एकल गीतकार प्रतियोगिता २०२२ उपाधि हात पारे त्यसपछि सम्पूर्ण परिवारको साथ रहेको बताउने रोहित भबिस्यमा सफल गीतकार तथा संगीतकार बन्ने चाहाना रहेको बताउछन । १९ वर्षकै उमेरमा उनले संगितका क्षेत्रमा गरिरहेको प्रगति लोभलाग्दो छ। सामान्य परीवारमा जन्मिएका रोहित आफूमा क्षमता, प्रतिभा र केही गर्ने इच्छशक्ति भए कुनै कुराले नरोक्ने बताउँछन्। उनीद्वारा रचित सोराइ लाग्छे र सम्झना छ बोलका गीत बजारमा अब आउने तयारीमा छन् ।

‘म गीतरसंगीतका क्षेत्रमा नै सक्रिय रहने छु। यो मेरो रुचीको क्षेत्र हो। यसका अलावा मलाई सामाजिक क्षेत्रमा काम गर्न मन पर्छ। असहाय र असक्तको सेवा गर्न पाउँदा खुशी लाग्छ,’ उनी भन्छन, यस्तै उनी सामाजिक सञ्जाल टिकटकमा समेत सक्रिय छन्। उनले टिकटकमा गर्ने अभिनयलाई धेरैले रुचाएका छन्। उनले आफ्नो पनि अभिनयमा रुची भएको र दर्शकको पनि साथ पाइरहेकाले टिकटक भिडियो बनाउन सक्रिय रहेको बताएका छन्। पछिल्लो समयमा गित संगित र ति गित संगितका म्युजिक भिडियो निरन्तर रुपमा बजारमा आइरहेका छन दिनहु जस्तो नया मोडेल र कलाकारहरु जन्मिरहेका छन । गित संगितको क्षेत्रलाइ राज्यले पनि चासो दिनु पर्छ । राम्रो काम गरियो भने यो क्षेत्रमा भबिस्य राम्रो रहेको उनको तर्क छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्