मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

भक्तपुर, १७ चैत । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ ।

शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

जगातीबाट साँगा तर्फ जाँदै गर्दा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल महत आफैंले चलाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्