कांग्रेस राष्ट्रिय सभा सचेतकबाट रोकायालाई हटाइयो, परियार मनोनीत

खबर बुक
  • ख-
  • ख+

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको सचेतकमा पदम बहादुर परियारलाई मनोनीत गरेको छ ।

संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेले परियारलाई सचेतक पदमा मनोनयन गरेका हुन् ।

पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उनलाई सचेतक पदमा मनोनयन गरिएको जनाइएको छ ।

यसअघि राष्ट्रिय सभाको सचेतकमा कृष्णबहादुर रोकाया थिए । उनलाई हटाएर परियारलाई सचेतक बनाइएको हो ।

कांग्रेसले आजै राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई मनोनीत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्