सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍यो: उपाध्यक्ष पौडेल

खबर बुक
  • ख-
  • ख+

१६,बैशाख काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरीत रहेको बताएका छन् । सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उनले एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।

बुधवार २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि सरकारले प्रहार गरिरहेको आरोप लगाए । सरकारले जनसरोकारका विषयहरूलाई नजरअन्दाज गरेको र जनताका समस्याप्रति चरम लापरबाही देखाएको उनको तर्क छ । सरकार सञ्चालनका क्रममा दुई वटा खम्बा—संविधान र लोकतान्त्रिक मूल्यलाई बिर्सन नहुनेमा जोड दिए ।

पछिल्लो समय सरकारले सांसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले ‘अध्यादेशको सिलसिला’ सुरु भएकोमा समेत आपत्ति प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्