मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको  पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

मिटरब्याजी पीडितको संघर्षप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्‍याउन माग गरेको हो ।

कांग्रेसले पीडित पक्ष र सरकारबीच सुरु भएको संवाद सकारात्मक रहेको बताएको छ ।

बैठकले ‘मिटरव्याज पीडितले आफ्नो समस्यालाई अघि सारेर जारी राखेको संघर्षप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । पीडित पक्ष र सरकारबीच शुरु भएको संवाद सकारात्मक छ ।

पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पु¥याउन र आम नागरिकको वित्तीय पहुँचलाई सहज बनाउनका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया थाल्न पनि सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ’ निर्णय गरेको मुख्य सचिव पौडेलले भन्नुभयाे  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्