काठमाडौं, १६ चैत । ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र कोशी प्रदेश खेल्दैछन् ।
फाइनल खेल बिहान १० बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । प्रतियोगितामा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स–११ को सहभागिता रहेको थियो ।
प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश रहेका थिए ।












