बिराट गोल्डकपको उपाधीका लागि विराटनगर सिटी र केरलाको लुका सकर भिडदै

खबर बुक
  • ख-
  • ख
  • ख+

बिराटनगर, १६ । विराट गोल्डकप फुटबलको उपाधिका लागि विराटनगर सिटी र भारत केरलाको लुका सकर क्लब र भिड्ने भएका छन्।

विराटनगरस्थित सहिद रंगशालामा बिहीबार हुने फाइनल खेलमा घरेलु टोली विराटनगर सिटी र पाहुना टोली लुका आमुनेसामुने हुनेछन् । खेल सहिद रङ्गशालामा बिहीबार साँझ ६ः४५ बजे हुनेछ ।

विराटनगरले पूर्वविजेता नेपाल पुलिस र जावलाखेललाई पन्छाउँदै फाइनल यात्रा तय गरेको हो भने  केरलाले सङ्कटा क्लब र साविक विजेता  एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा पुगेको हो ।

मोफसलको सर्वाधिक राशी पुरस्कारको सो खेलका विजेताले २० लाख १५ र उपविजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

यसैगरी, प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ । खेल गत चैत ९ गते देखी सुरु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्