काठमाडौं, १३ चैत । ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियाेगितामा मधेस प्रदेशले ललितपुर मेयर्स–११ लाई १ विकेटले हराएकाे छ ।
ललितपुरले दिएकाे ९७ रनकाे लक्ष्य मधेसले ९ विकेट गुमाएर १९ ओभर २ बलमा भेटायाे । मधेसका लागि सरस्वती कुमारीले नटआउट ३२ रन बनाइन् । बलिङतर्फ ललितपुरकी साेनी पाख्रिन र कृतिका मरासिनीले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनायो । ललितपुरका लागि साेनी पाख्रिनले सर्वाधिक ३४ रन बनाइन् । बलिङतर्फ मधेसकी सरस्वती कुमारीले २ विकेट लिइन् ।
याे जितसँगै मधेस ४ अङ्क जाेडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर जितविहीन रहँदै तालिकाको पुछारमा छ ।











