ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची

खबर बुक
  • ख-
  • ख+

मुम्बई, २९ भदौ । सम्पत्ति शुद्धीकरण मामिलामा वलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फस्दै गएकी छन् ।

सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैयाँकाे चन्दा असुली गरेपछि ज्याकलिन पनि यो मामिलामा तानिएकी हुन् ।  प्रहरीले ज्याकलिनलाई सुकेशको प्रेमी भएको दाबी गर्दै आएको छ ।

यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले बुधबार ज्याकलिनलाई २०० करोड असुली मामलामा सुकेशसँग जोडिएका विविध प्रश्न सोध्ने तयारी गरेको छ ।

ज्याकलिनलाई ११ बजे मन्दिरमार्गस्थित ईओडब्ल्यू कार्यालयमा अनुसन्धानका लागि बोलाइएको छ । उनका अनुसार ज्याकलिनलाई प्रश्न सोध्न प्रहरी तयारी अवस्थामा छ । यी सबै प्रश्न सुकेशसँग उनको सम्बन्ध तथा उनलाई सुकेशले दिएको उपहारका विषयमा हुनेछन् । उनलाई सुकेशसँग कतिपटक भेटेकोदेखि कतिपटक फोन सम्पर्क भएकोसम्म प्रश्न सोधिनेछ ।

अपराध शाखाले पिंकी इरानीलाई पनि अनुसन्धानमा जोडिन उर्दी गरेको छ । इरानीले नै सुकेशसँग ज्याकलिनको सम्बन्ध जोड्न सहयोग गरेकी थिइन् । ‘ज्याकलिनका लागि तयार पारिएको प्रश्नको सेट नोरा फतेहीसँग सोधिएका प्रश्नभन्दा फरक छन्’, एक अधिकारीले भने ।

प्रवर्तन निर्देशनालय (ईडी) ले ज्याकलिनलाई सम्पत्ति शुद्धीकरण मामलामा आफ्नो चार्जसिटमा आरोपीका रुपमा राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्