गुराँस लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १२ चैत । गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो बोनस सेयर वितरण गरिनेछ। कम्पनीका अनुसार बोनस सेयरमा लाग्ने करको रकम सेयरधनी आफैले तिर्नु पर्ने हुन्छ ।

नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्