नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनुहुनेछ । उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।
यसअघि हिजो उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । हिजो दिनभर उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका लीले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्नुुभएको थियो ।
हिजो उहाँले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
अस्ति काठमाडौं आइपुग्नुभएका उहाँले सोही दिन सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आउनुभएका अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।