थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिडदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओस बिच प्रतिस्पर्धा हुनेछ ।

गत ८ गते देखी सुरु भएको  थ्री नेसन्स कप को दोस्रो खेलमा भुटान र लाओस बिच खेल हुन लागेको हो ।  नेपालले लाओसलाई २–० ले पराजित गर्दै उदघाटन खेलमा बिजय हासिल गरिसकेकाे छ भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिडनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्