सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ७ चैत । प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ ।

अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्