‘सम्झे मुटु चस्काउँछ’ काे गीतकाे भिडियाे सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

पशुपति म्युजिकले  ‘सम्झे मुटु चस्काउँछ’ काे गीतकाे भिडियाे सार्वजनिक गरेको छ ।

सुखी भविष्यको आशामा धन कमाउन परदेश गएका युवा अनाहकमा कसरी अपराधीको रुपमा काल कोठरी पुग्न बाध्य हुन्छन् भन्ने अत्यन्तै मार्मिक कथा प्रस्तुत गरिएको छ ।

आभाष सेन्चुरीको शब्द तथा सङ्गीत रहेको यो गीतमा कुशल बेल्बासे र देवी घर्तीले स्वर दिएका छन् ।

जसमा खड्ग बाजुरालीको मिक्सिङ/माष्टरिङ रहेको छ । भिडिओ कपिल लामाको निर्देशन, राजेश घिमिरेको सिनेम्याटोग्राफी र दीपक विष्टको सम्पादनमा तयार भएको हो भने विमल अधिकारी र नम्रता सापकोटाले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्