जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र २ । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरमा बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको हो । पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो । रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहनुभएकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनका लागि क्रियाशिल हुने उहाले बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्