ए डिभिजन लिगमा आजदेखि पाँचौँ चरणका खेल सुरु हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, २ चैत । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बिहीवारदेखि पाँचौँ चरणका खेल सुरु हुँदैछन् । पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल हुनेछन् । एउटा खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासलमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । खुमलटार ४ खेलमा ६ अङ्कका साथ सातौँ स्थानमा र सातदोबाटो ४ खेलमा ९ अङ्कका साथ दोस्रो स्थानमा छ ।

यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा दिउँसो साढे २ बजे नै हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब खेल्दैछन् । हिमालयन शेर्पा ४ खेलमा ४ अङ्कका साथ ११ औँ र सङ्कटा ४ खेलमा ५ अङ्कका साथ आठौँ स्थानमा छ ।

यस सिजनको ए डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भैरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्