नेपाललाई दोस्रो सफलता, सन्दीपले गरे वसीमलाई आउट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, २ चैत । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालसँगकाे खेलमा यूएईका कप्तान माेहम्मद वसीमले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेकाे यूएईका लागि वसीमले ४३ बलमा अर्धशतक बनाएका हुन् । उनी सन्दीप लामिछानेकाे बलमा ४८ बलमा ६३ रन बनाएर आउट भए ।

लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ ।

आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्