काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएकाे हाे ।
यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ ।











