चर्को ब्याज लिएको भन्दै मकवानपुरका तीन लघु बित्तिय संस्थामा तालबन्दी

खबर बुक
  • ख-
  • ख
  • ख+

हेटौंडा, १ चैत । धर्मेन्द्र बास्तोलाको नेतृत्वको नेकपा बहुमतले मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा तालाबन्दी गरेको छ ।बुधबार बिहान हेटौंडा उपमहानगरपालिकाका२ वटा र बागमती गाउँपालिकाका एउटा लघु वित्तीय संस्थामा तालाबन्दी गरेको हो ।

जसअनुसार हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था, नेरुडे लघु वित्तीय संस्था र बागमती–७ स्थित जीवन विकास लघुवित्त बित्तिय संस्थामा तालाबन्दी गरिएको हो । लुघवित्तले सर्वसाधारणहरुलाई चर्को व्याजदरमा ऋण दिएर मानसिक तनाव र दु:ख दिएको भन्दै वित्तीय संस्थालाई चेतावनी स्वरुपमा पहिलो चरणको कार्यक्रम अनुसार तालाबन्दी गरेको सो पार्टीका एक  जिल्ला नेताले जनाएका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्