मानवअधिकार आयोगलाई घेराबन्दीमा पार्ने र तर्साउने काम गरेको छ : केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक संस्थाले नै मानवअधिकार आयोगलाई घेराबन्दीमा पार्ने र तर्साउने काम गरेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले खुकुरी बन्दुकको आडमा मानव अधिकार आयोगलाई घेराबन्दी गर्ने र तर्साउने काम भएको बताउनुभएको हो । उहाले अहिलेको अवस्थामा मानवअधिकारप्रति समर्पित, इमान्दार एलाईन्स हुनुपर्ने बताउनुभयो ।

ओलीले अहिले पनि मानवअधिकारबिरोधी काम भइरहेको भन्दै मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोगले गम्भीरताका साथ लाग्नुपर्ने बताउनुभयो । उहाले अनेक ठाउमा मृत्युदण्ड जस्तो सजाय रहेको नेपालमा पनि त्यसको बहस हुने भन्दै उहाले नेपालमा मृत्युदण्डको व्यवस्था गर्न नहुने धारणा राख्नुभयो ।

ओलीले राष्ट्रको स्वाधिनतालाई जनविरोधी, पक्षपाती, बिभेदकारी गर्ने कामका बिषयमा निर्णय गर्ने अधिकार राज्यलाई भएकाले संयुक्त राष्ट्रसंघको विभेदलाई स्वीकार गर्न नसक्ने धारणा राख्नुभयो ।

((

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्