एनआइसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, ३० फागुन । एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्स्याेरेन्सको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । यसको मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ भने यसमा सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले आज देखि ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्