जीतपुर सिमरा गोल्ड कप चैत्र ९ देखि

खबर बुक
  • ख-
  • ख
  • ख+

बारा । जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण आगामी चैत्र ९ देखि आयोजना हुने भएको छ ।

आयोजक नवजन जागृती युवा क्लबका अनुसार सिमरा रंगशालामा सो प्रतियोगिता हुनेछ । क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार प्रतियोगितामा ५ ए डिभिजन क्लब र ५ मोफसलका गरी १० टिमको सहभागिता रहनेछ ।जसअनुसार साविक विजेता न्युरोड टिम एनआरटी, एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथक्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड क्लब र आयोजक नवजन जागृती युवा क्लबले प्रतियोगिता खेल्ने छन् ।

प्रतियोगितामा विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् भने विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार रूपैयाँ प्राप्त गर्ने छन । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्