एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन सकेन : देव गुरुङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ फागुन । माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाउनुभएकाे छ ।

माओवादी धारका दलहरुले आज गरेको संयुक्त पत्रकार सम्मेलनमा उहाले एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाउनु भएकाे हाे ।

एमालेकै कारण अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकिएको आरोप लगाएका उहाले शान्ति प्रक्रिया टुंग्याउने विषयमा एमालेले लगातार नकारात्मक धारणा राख्दै आएको दाबी गर्नुभयाे ।

एमालेकै कारण सर्वोच्च अदालतको आदेशपछि संसदमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन अगाडि बढ्न नसकेको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्