काठमाडाैं, २७ फागुन । टोटेनहमले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–१ को सहज जित दर्ता गरेको छ।
टोटेनहम हटस्पर स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको पहिलो हाफको १९औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ३५औं मिनेटमा केनले पेनाल्टीमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा कप्तान जोई ओरलले रिचार्लीसनलाई फउज गरेपछि टोटेनहमले पेनाल्टी पाएका थियो ।
६२औं मिनेटमा ह्युङ मिन सनले गरेकाे गोल नै टोटेनहमई जीतका लागि काफी भयाे ।८१औं मिनेटमा फरेस्टका जोई ओरलले गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–१ ले विजयी हुन सफल भयो ।
यस जितसँगै टोटेनहम २७ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा यथावत छ भने नटिङहम २६ खेलबाट २६ अंक जोडेर १४औं स्थानमा छ ।











