एम्बाप्पे र मेस्सीको साझेदारीमा पिएसजी बिजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ फागुन । पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै थप ३ अंक जोडन सफल भएको छ ।

ब्रेस्टमा शनिबार राति भएको खेलको पहिलो हाफमा ३७औं मिनेटमा कार्लोस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो तर  ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याईर्दि  । दोस्रो हाफको अन्त्यतिर एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्