सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, २६ फागुन । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको हो । ]

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख एक हजार आठ सय रुपैयाँ तोकेको छ । यो मुल्य हिजोको भाउ भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।

आज तेजाबी सुनको मुल्य भने १ लाख १ हजार ३ सय रुपैया निर्धाण गरिएको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्