काठमाडौं, २५ फागुन । इटालियन क्लब एसी मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
इंग्लिस प्रतिद्धन्द्धी टोटेनहम हटस्परसँग पहिला हाफमा गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा १–० को जितसँगै मिलान क्वाटरफाइनलमा पुगेको हो ।सन् २०११–१२ को सिजनपछि मिलान ११ बर्ष पछि क्वाटरफाइनलमा पुग्न सफल भएको हो । ७८ औ मिनेटमा रोमेल लुकालुले हानेको गोलले एसी मिलान अन्तिम आठमा जान ढोका खुल्यो ।
टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको खेलको दोस्रो हाफमा १–० को अग्रता लियोा, त्यो अग्रता नै ११ बर्ष पछि क्वाटर फाइनलमा जान पर्याप्त भयो । एसी मिलानको जीतसँगै टोटनहम बाहिरिएको छ।











