महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे

न्युज कारखना
  • ख-
  • ख+

भक्तपुर, २४ फागुन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् ।

बुधबारसूर्यविनायक नगरपालिका–७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन् । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो ।

मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्