राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

आगामी फागुनमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गर्नुभएको हो ।

दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनसंगै राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा मुलुकका दुई ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा सभापति देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताउनुभएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्