रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागाी, २ हजारभन्दा बढी क्याम्प जलेर नष्ट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २२ फागुन । बंगलादेशमा  हुँदा हजारौं शरणार्थी घरबारविहीन बनेका छन्।

आइतबार भएको विषण आगलागीमा २ हजारभन्दा बढी क्याम्प जलेर नष्ट हुदाँ हजारौं शरणार्थी घरबारबिहिन भएका हुन म्यान्मार हिंसाबाट ज्यान जोगाउन बंगलादेशबाट आएर शरणार्थी बसेका रोहिङ्ग्याहरु सो आगलागीबाट थप पीडामा परेका छन्। बीबीसीका अनुसार आगलागीबाट १२ हजार शरणार्थीहरु घरबारविहीन हुदाँ खाधन्न, लत्ताकपडा देखी आवसको पनि समस्या परेको छ । उनीहरुका लागि तत्कालै राहात अनिवार्य बनेको छ ।

शरणार्थी कमिस्नर मिजानुर रहमानलेका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो तीन बजेतिर आगलागी सुरु भएको थियो भने झन्डै चारको मेहनत पछि आगो नियन्त्रणमा लिइएको  थियो ।आगोमा परी ३५ मस्जिद र शरणार्थीका लागि बनाइएका २१ वटा लर्निङ सेन्टर पनि जलेर नष्ट भएकौ प्रारम्भिक रिर्पोट आएको उनको भनाई छ ।

साथै कुनै मानविय क्षति नभएको जनाउँदै बंगलादेशी अधिकारीहरुले साे आगलागीको के कारणले भएको हो ? त्यसको कुनै जानकारी जनाएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्