काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले फागु पुर्णिमा नेपाली समाजले हरेक बर्ष पारिवारिक स्नेह र पारस्पिारिक एकता र सामाजिक सदभावका साथ मनाउँदै आएको बताएका छन ।
फागु पुर्णिमाका अवसरमा शुभकामना सन्देश दिर दिदै सभाति देउवाले फागु पुर्णिमा एक धार्मिक र सांस्किृतिक पर्ब भएको उल्लेख गर्दै पारिवारिक स्नेह र पारस्पिारिक एकता र सामाजिक सदभावनका साथ मनाउनु पर्ने भन्दै शुभकामना दिएका हुन् ।‘होली पर्ब हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्याय माथी न्यायको बिजयको शाश्वत सन्देश दिने यो पर्बलाई नेपाली समाजले हरेक बर्ष पारिवारिक स्नेह र पारस्पिारिक एकता र सामाजिक सदभावका साथ मनाउँदै आएको छ’ सभासित देउवाले शुभकामना सन्देशमा भनेका छन, ‘बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलपा र सदभावनाको सन्दश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख,शान्ति र समृद्धीको वातावरण सिर्जना गर्दै पारस्पारिक एकता र सामाजिक सदभाव अभिबृद्धी गर्न सबैलाई प्रेरणा मिलोस ।’












