सहिद स्मारक लिग : आर्मी र संकटा गोलरहित बराबरीमा

न्युज कारखाना
  • ख-
  • ख
  • ख+

काठमाडौं, २१ फागुन ।

त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै आर्मी र संकटाले समान अंकसमेत बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि बराबरीमा रोकिनु परेको हो ।

आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्