ए डिभिजन लिगमा तीन खेल हुदैँ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २० फागुन । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।

अखिल नेपाल पफुटबल महासंघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।  जसअनुसार दिउँसो साढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मन्च्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग भिडने छ । यो खेल भने ५ः ३० मा सुरु हुनेछ ।

उता, अपरान्ह साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्