अर्घाखाँची, फागुन २० । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले मिसन ग्रास रूट कार्यक्रम अभियानले आगामी निर्वाचनसम्ममा न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभएको छ ।
प्रेस चौतारी अर्घाखाँची शाखाले शनिबार सन्धिखर्कमा राखेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उहाँले पार्टीले सरकारको नेतृत्व गर्ने किसिमले दुई महिने संगठन सुदृढीकरण अभियान (मिसन ग्रास रूट) को संचालन गरेको बताउनुभएको हो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले आगामी निर्वाचनमा स्थानीय ,प्रदेश र संघको निर्वाचनमा पार्टीले न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभयो ।





