जीपको ठक्करबाट सिन्धुलीमा बालिकाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

सिन्धुली, १८ फागुन ।  सिन्धुलीमा आज दिउँसो जीपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

जीपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरको जीपले ठक्कर दिएको थियो ।

बालिकालाई ठक्कर दिने जीपका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्