राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न नेकपा एकीकृत समाजवादीसंग एमालेको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १८ । नेकपा एमालेले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न नेकपा एकीकृत समाजवादीसंग आग्रह गरेको छ ।

बिहीबार राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरु समाजवादीको कार्यालय तीनकुने पुगेर राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् । छलफलपछि एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न पार्टीसंग भेट गर्ने क्रममा नेकपा समाजवादीसंग छलफल गरेको जानकारी दिनुभयो ।

उहाले एमालेका उम्मेदवारलाई सहयोग गर्ने बिषयमा सकारात्मक छलफल भएकोबताउनुभयो । दुई पार्टीभित्रको एकताको अभियानलाई अगाडी बढाउने कुरामा देखिएको चूनौति समाधान गर्ने अवसर प्राप्त भएकाले यसको उपयोग गर्नुपर्नेमा छलफल भएको उहाले बताउनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिका उम्मेदवारलाई सहयोग गर्न एमाले नेताहरुले आग्रह गरेको र पार्टीले रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी गराएको बताउनुभयो ।
छलफलमा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुई पार्टीबीच छलफलको ढोका खोलेको र अरु बिभिन्न बिषयमा निरन्तर सम्वाद हुने बताउनुभएको थियो ।

फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङले उम्मेदवारी दिनुभएको छ । निर्वाचन एमालेका नेताहरुले बिभिन्न दलहरुसंग सहयोगका लागि आग्रह गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्