कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

झापा, १८ फागुन । झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छिन् ।

उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्